
काठमाडौं । फ्रान्समा उत्पादित अर्गानिक वाइन ‘लेस सिमेन्स डि वासाक’ नेपाली बजारमा भित्र्याइएको छ ।
भिगेन,डिमिटर सर्टिफाइड, बायो डाइनामिक प्रमाणित वाईन अर्गानिक मल्टिपर्पाेज प्रालिले नेपालमै पहिलो पटक भित्र्याएको हो । पूर्णरुपमा परम्परागत प्राकृतिक र अर्गानिक खेती प्रणालीबाट उत्पादित सो वाइन एसियामै जापानपछि नेपालमा भित्र्याइएको हो । जापानमा बढ्दो माग रहेको यो वाइन चीनले पनि छिट्टै आयात गर्न लागेको बताइएको छ ।
गुणस्तरीय वाइनको बढ्दो मागलाई ध्यानमा राखेर नेपाली बजारमा यो वाइन ल्याउन पाउदा अत्यन्तै खुशी लागेको अर्गानिक मल्टिपर्पोज प्रालिका अध्यक्ष रोशन रिमाल ‘रतीश’ले बताए । फ्रान्सको विशेष अंगुरको प्रकारमा निर्मित यो वाईन रेड,व्हाइट र रोज गरी तीन प्रकारमा पाइन्छन् ।
जसमा १३ प्रतिशत सम्म अल्कोहल रहेको रेड वाइनको नेपाली बजारमा मूल्य प्रति बोतल ४ हजार २ सय र रोज र व्हाइटको प्रति बोतल ४ हजार ५ सय रहेको पनि अध्यक्ष रिमालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्