
काठमाडौं । निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले आइतबार यादवलाई स्पष्टीकरण सोधेको हो ।
आयोगका उपसचिव कमल ज्ञवालीद्वारा जारी विज्ञप्तिका अनुसार आइतबार बारा २ को उपनिर्वाचनमा प्रतिकूल असर गर्ने गरी कार्य गरेको भन्दै आयोगले यादवलाई स्पष्टीकरण सोधेको हो ।
आयोगले यादवलाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्