
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि आवश्यक कानुनी प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ ।
आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि आवश्यक कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिनुभएको हो ।
‘यात्री’ लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएका समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण भएको हो ।
प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्य सचिव बैरागीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्द्धन सम्बन्धी कानुनको मस्यौदा बनाई पेश गर्न निर्देशन दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्