
एजेन्सी । ताइवानका विदेशमन्त्री जोसेफ वुले चीनसँग सन् २०२७ मा लडाइँ हुने बताउनुभएकाे छ ।
युद्धको लागि तयारी समेत गरिरहेको विदेशमन्त्री वुले बताउनुभएकाे हाे । एलबीसीको टुनाइट विथ एन्डु मारसँग कुरा गर्दै उहाँले चीनको सैन्य जोखिमलाई निकै गम्भीरतापूर्वक लिएको पनि बताउनुभयाे । सन् २०२७ का लागि गम्भीर हुनुपर्ने उहाँकाे भनाइ थियाे ।
चीनका राष्ट्रपति सी जिनपिङले देशको सेनालाई सन् २०२७ सम्ममा ताइवान मिसाई सक्न आदेश दिएको अमेरिकी गुप्तचर निकायले विश्वास जनाएको छ । चीनले ताइवानलाई आफ्नै एक प्रान्त मान्ने गरेको छ । मुख्यभूमिसँग त्यो मिसिनुपर्छ भन्ने चीनले मान्यता राख्दै आएको छ ।
गत शुक्रबार मात्र चीनका विदेशमन्त्री छिन काङले ताइवान जलसन्धिका दुवै भाग चीनकै भएको बताउनुभएको थियो । ताइवानको विषयमा आगोसँग खेल्नेहरू आफैं डढ्ने पनि उहाँकाे तर्क थियाे ।
प्रतिक्रिया दिनुहोस्