१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


फेसबुक लाइभमा रवि लामिछानेले भने– हामी झडप र गुण्डागर्दीमा विश्वास गर्दैनौं :


1.521k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदानलाई शान्तिपूर्वक सम्पन्न गर्न अन्य दलका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएकाे छ ।

धकेलाधकेल भएर नयाँ किरण माविको मतदान स्थगित भएपछि फेसबुक लाइभमा आएका लामिछानेले यस्तो बताउनु भयाे ।

फेसबुक लाइभमा लामिछानेले भने, ‘जुन किसिमको घटना भएको छ, यसलाई जनताले हेरेका छन् । सामान्य स्वागतको कुरा थियो । हामी झडप र गुण्डागर्दीमा विश्वास गर्दैनौं। म अहिले अरू मतदान केन्द्रमा जाने अवस्था छैन।’

चितवन २ का उम्मेदवार समेत रहेका लामिछाने भरतपुर-११ को नयाँ किरण माविमा मतदान केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी गरेका थिए।