
काठमाडाैं । यहि वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गर्दै राष्ट्रिय सभाको बैठक वैशाख १३ गतेका लागि बोलाइएको बताउनुभएकाे हाे ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएको जानकारी दिनुभएको महासचिव गौतमले बताउनुभएकाे हाे ।
यसअघि अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको बैठक वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्