
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले भ्रष्टाचार देशको समस्याको रुपमा रहेको बताउनुभएको छ ।
आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा बहस कार्यक्रममा बोल्दै महासचिव विप्लवले देशका भ्रष्टाचारको समस्या रहेको बताउनुभएको हो । उहाँले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको बताउनुभयो । उहाँले पार्टी संवद्ध ट्रेड युनियन वा संगठनका नेताहरु पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेको बताउनुभयो ।
महासचिव विप्लवले भ्रष्टाचारको छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने बताउनु भयो । सत्तारुढ र सत्ताबाहिर बसेका सबै नेताहरुलाई अर्ब रुपैयाँ भन्दा कमको चार्ज नभएको उहाँले बताउनु भयो । उहाँले पार्टीका संगठनहरु भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष भएको बताउनुभयो ।
राजनीतिक क्षेत्रमा भ्रष्टिकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको महासचिव विप्लवले बताउनुभयो । आफ्नो पार्टी र संगठनहरुमा भ्रष्टाचार नभएको उहाँले दावी गर्नुभयो । शिक्षालाई उत्पादनसँग जोडेर अगाडि बढ्नु र्नेमा महासचिव विप्लवले जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्