
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले रास्वपा र जनमतले चुनाव हारिसकेको बताउनुभएको छ ।
रवि लामिछाने र सीके राउतको मतदानस्थलमा देखिएको छटपटाहटले हारको संकेत गरेको बस्नेतले बताउनुभएको हो ।
मंसिरको निर्वाचनमा निर्वाचित रवि लामिछाने र सीके राउत उपनिर्वाचनसम्म आइपुग्दा पराजित मानसिकताको भारीले थिचिएको बस्नेतले बताउनुभयो ।
विचार र संगठनबिनै काकताली परेर मंसिरमा चुनाव जितेका रवि लामिछाने र सीके राउतलाई उपनिर्वाचनले अन्टसन्ट बरबराउने र लरबराउने बनाएको बस्नेतले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्