२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


उपनिर्वाचनका कारण बन्द गरिएका सडक सञ्चालनमा


0
Shares

काठमाडौं । उपनिर्वाचनका कारण बन्द गरिएका चितवन र तनहुँमा पर्ने पृथ्वी र पूर्व–पश्चिम राजमार्गलगायतका मुख्य सडक र अन्य सहायक सडक खण्ड पूर्णरूपमा सञ्चालनमा आएका छन् ।

उपनिर्वाचनका कारण आइतबार बिहानदेखि बन्द रहेका सडक अहिले बेलुकी ५ बजे चुनाव सकिएपछि ६ बजे सञ्चालनमा आएका ट्राफिक प्रहरीले जनाएको छ ।

बारामा भने लामो दुरीका गाडी चलाउन दिइएको थियो । राजमार्ग भएर पूर्व र पश्चिम जाने र काठमाडौं –पोखरातर्फ जाने लामो दूरीका गाडी चल्न नपाउँदा यात्रु मर्कामा परेका थिए ।

आइतबार चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन भएको हो ।