२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सञ्चारमा समस्या हुँदा विमानस्थलमा जहाज अवतरणमा समस्या


325
Shares

काठमाडौं । उडिरहेका जहाजसंँग सञ्चार गर्ने भीएचएफ रेडियो फ्रिक्वेन्सीमा अवरोध उत्पन्न हुँदा आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या उत्पन्न भएको छ ।

उडिरहेका जहाजका पाइलट र काठमाडौं विमानस्थलको तीनवटा टावरमध्ये एरिया र एप्रोच टावरको रेडियो फ्रिक्वेन्सीमा प्राविधिक समस्याका कारण अवरोध उत्पन्न हुँदा तीनवटा अन्तर्राष्ट्रिय र दुईवटा आन्तरिक गरी ५ वटा वायुसेवाका विमान निर्धारित समयमा काठमाडौं विमानस्थलमा अवतरण हुन सकेका थिएनन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतको दिल्लीबाट आउँदै गरेको इन्डिगो, मुम्बईबाट आउँदै गरेको भिस्तारा, कोलम्बोबाट आउँदै गरेको श्रीलंकन तथा राजविराज र नेपालगन्जबाट आउँदै गरेका बुद्द एयरका दुईवटा एटीआर गरी ५ वटा विमानलाई आकासमै होल्ड गराउनु परेको थियो ।

त्यस्तै, काठमाडौं विमानस्थलबाट उड्ने आन्तरिक उडानका जहाजलाई पनि प्रभावित भएका थिए । कम्तीमा ४५ मिनेट देखिएको यो समस्या रेडियो फ्रिक्वेन्सीमा सुधार देखिए पछि मात्रै जहाज उडान तथा अवतरण गरिएको थियो ।