
दाङ । दाङमा श्रीमती हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १२ रतनपुर बस्ने ४१ वर्षीय मेघराज केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय घोराहीमा पत्रकार सम्मेलन गरी प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार केसीलाई शुक्रबार राति करिब साढे ९ बजेतिर घोराही उपमहानगरपालिका ३ भवानपुर नजिकै लुकिछिपि रहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।
पक्राउ परेका केसीले यही बैशाख १ गते राति १० बजे आफ्नी ४० वर्षीया श्रीमती शारदा कुमारी केसीको हत्या गरिएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो १ बजेतिर घोराहीमा केसीको घर अगाडि महिलाको शव गाडेको अवस्थामा पैताला र कपडा देखिएको भन्ने खबर प्राप्त भएपछि अनुसन्धानमा डीएसपी राजनकुमार गौतमसहित अनुसन्धान टोली खटेको थियो ।
श्रीमानलाई खोजतलास गर्दै पक्राउ गरिएको प्रहरीको भनाइ छ । सोधपुछका क्रममा केसीले श्रीमानसँगको विवाद हुँदा आफूले हत्या गरी बारीमा गाडेको स्वीकार गरेको प्रमुख एसपी ओलीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्