
काठमाडौं । जोर्डनमा आयोजना हुने एएफसी यु–१७ महिला एसियन कप छनोटमा सहभागि हुने नेपाली महिला टोलीलाई आइतबार बिदाई गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक कार्यत्रमको आयोजना गरेर छनोट खेल्न जान लागेको टोलीलाई बिदाई गरेको हो ।
टोलीलाई एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ, अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई लगायतले बिदाई गरेका थिए । अप्रिल २६ देखि ३० तारिख सम्म जोर्डनमा आयोजना हुने छनोट प्रतियोगितामा नेपाल समूह एचमा रहेको छ । नेपाल सम्मिलित समूहमा आयोजक जोर्डन र बलियो इरान रहेका छन् ।
छनोट अन्र्तगत नेपालले पहिलो खेल प्रिन्स मोहम्मद स्टेडियम जाग्र्वामा अप्रिल २६ मा इरानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ । दोस्रो खेल अप्रिल २८ मा आयोजक जोर्डनसँग प्रतिष्पर्धा गर्ने छ ।
एशियाली राष्ट्रहरुलाई ८ समूहमा विभाजन गरी आयोजना गरिएको छनोटबाट शीर्ष टोली दोस्रो चरणमा प्रवेश गर्ने मौका पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्