
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा सोमबार अन्तिम सुनुवाइ हुने भएको छ ।
जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दामा अन्तिम सुनुवाइ गर्न सोमबार पेशी तोकिएको हो ।
उजुरी दिने किशोरीको मेडिकल जाँच गर्ने चिकित्सक र क्रिकेटर साहब आलमको बकपत्र सकिएकोले यसै मुद्दामा सोमबार नै अन्तिम सुनुवाइ गरिने भएको हो ।
यसअघि चैत २६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको थियो ।
गत भदौ २१ गते एक किशोरीले सन्दीपबिरुद्ध बलात्कारको आरोपमा गौशाला प्रहरी वृत्तमा जाहेरी दिएपछि सन्दीप थुनामा परेका थिए । पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्