
एजेन्सी । युभेन्ट्स इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको नापोलीसँग पराजित भएको छ ।
आइतबार राति युभेन्ट्स नापोलीसँग १–० ले पराजित भएको हो ।
नापोलीको जितमा जियाकोमा रास्पडोरीले खेलको इन्जुरी समयमा निर्णायक गोल गरे ।
जितसँगै शीर्षस्थानमा रहेको नापोलीको ७८ अंक पुगेको छ । युभेन्ट्स ५९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्