
एजेन्सी । दक्षिण भारतीय कन्नड अभिनेता सम्पथ जे रामले आत्महत्या गरेका छन् ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार सम्पथले २२ अप्रिलमा ३५ वर्षको उमेरमा बेंगलुरुमा आत्महत्या गरेका थिए । उनको शव बेंगलुरुको नेलमंगलास्थित आफ्नै घरमा फेला परेको थियो ।
सम्पथ हालै फिल्म ‘श्री बालाजी फोटो स्टुडियो’ मा पनि देखिएका थिए । यस फिल्मका निर्देशक राजेश ध्रुवले सम्पथको निधनमा शोक व्यक्त गर्दै सामाजिक सञ्जालमा एक पोष्ट सार्वजनिक गरेका छन् ।
उनले लेखेका छन्– ‘सम्पथको मृत्युको खबर स्वीकार गर्ने हिम्मत हामीमध्ये कसैमा छैन । हामीले अझै धेरै फिल्ममा काम गर्न बाँकी छ । तपाईंको सपना साकार बनाउन र ठूलो मंचमा काम गर्न बाँकी नै छ, तपाईं कृपया फर्केर आउनुस् ।’
सम्पथले गत वर्ष विवाह गरेका थिए ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार सम्पथलाई फिल्ममा अभिनय गर्ने अफर आएको थिएन, जसका कारण उनी डिप्रेसनमा थिए र आत्महत्या गरे ।
उनको आइतबार नै गृहनगर एनआर पुरामा दाहसंस्कार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्