
काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना बिहान ११ बजेदेखि सुरू हुने भएको छ ।
भर्खरै सम्पन्न सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको छ ।
मत गणना शैक्षिक तालिम केन्द्रमा हुने छ ।
बारामा ६८ हजार ८८७ मत खसेको छ । जिल्लाको ६ वटा स्थानीय तहमा गरी ३७ हजार ६४ पुरुष र ३१ हजार ८२३ महिला रहेका छन् ।
सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस्