
काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २ सय रूपैयाँले घटेर एक लाख ९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि सोमबार २० रूपैयाँले घटेर १ हजार ४२० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्