१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवन २ को मतगणना १ बजेबाट सुरू हुने


702
Shares

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरू हुने भएको छ ।

सोमबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको छ ।

मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने छ ।

यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको छ ।

चितवन २ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।