१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


तनहुँ १ मा रास्वपाका डा. वाग्लेको अग्रता कायमै


1.781k
Shares

काठमाडौं । तनहुँ क्षेत्र नम्बर– १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले अग्रता कायम नै राख्नु भएको छ ।

पछिल्लो परिणाम अनुसार डा. वाग्लेले ११ हजार ८४५ मत पाउनु भएको छ । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ५९ मत पाउनु भएको छ ।

यस्तै, नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३२ मत प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रमा ६३ हजार सात सय ५७ मत खसेको थियो ।