
काठमाडौं । अविरल वर्षाको कारण एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबले अंक बाँडेका छन् ।
मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षासँगै टस नहुँदै खेल रद्द भएपछि नेपाल र साउदी अरबले अंक बाँडेका हुन् ।
खेल रद्द भएपछि शीर्ष स्थानमा रहेको नेपालको ३ खेलबाट ५ अंक रहेको छ । साउदी ३ अंकसहित तेस्रो स्थानमा छ । समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ । नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
नेपालले अन्तिम खेल बिहीबार कतारसँग खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस्