१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


फ्रुटीमा अभिनेत्री उपासना सिंह र एप्पि फिजमा प्रियङ्का कार्की ब्रान्ड एम्बेसेडर


351
Shares

काठमाडौं । भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनि पार्ले एग्रोले पेय पदार्थ फ्रुटीलाई ३ वर्षको अन्तरालपछि नेपाली बजारमा पुनः ल्याएको छ ।

नेपाली विज्ञापनको क्षेत्रमा क्लिन फिडको नियम लागू भएपश्चात् उक्त निर्णयको कदर गर्दै पार्ले एग्रोले पहिलो पटक फ्रुटीको ब्रान्ड एम्बेसेडर पनि तोकेको छ । अभिनेत्री उपासना सिंह ठकुरी फ्रुटीको ब्रान्ड एम्बेसेडरका रूपमा अनुबन्धित भएकी छिन् ।फ्रुटी १२५ मिलि तथा २ सय मिलिको कार्टन प्याक तथा १५० मिलि, २५० मिलि र ५ सय मिलिको बोटलमा उपलब्ध छ ।

त्यसै गरी पार्ले एग्रोले चर्चामा आइसकेको स्याउको कार्बोनेटेड पेय – एप्पि फिज पनि नेपाली बजारमा लयाएको छ । नेपाली बजारका लागि यो नौलो पेय पदार्थ हो जसमा कृत्रिम नभई साँच्चिकै स्याउको पेय पदार्थलाई कार्बोनेटेड गरिएको छ ।

एप्पि फिजका लागि अभिनेत्री प्रियङ्का कार्की ब्रान्ड एम्बेसेडर तोकिएकी छिन् ।एप्पि फिज १६० मिलि, २५० मिलि, तथा ५सय मिलिको बोटलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

फ्रुटी र एप्पि फिजलाई नेपालको हरेक कुनासम्म पुर्‍याउने योजनाका साथ पार्ले एग्रोले विशाल ग्रुपसँग साझेदारी गरेको छ । विशाल ग्रुपको साउथ एसियन बेभरेजले हाल नेपालमा फ्रुटी तथा एप्पि फिज पेय पदार्थ नेपालभरि वितरण गरिरहेको छ ।