८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


भारतमा पहिलो पटक वाटर मेट्रो सञ्चालन हुँदै


247
Shares

एजेन्सी । भारतमा मंगलबारबाट पहिलो पटक वाटर मेट्रो सञ्चालनमा आउने भएको छ ।

केरलाको कोचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो वाटर मेट्रोको शुभारम्भ गर्ने छन् ।

कोची वाटर मेट्रोले राज्यको जल यातायात क्षेत्रमा क्रान्ति ल्याउने तथा पर्यटनलाई प्रवद्र्धन गर्ने केरलाका मुख्यमन्त्री पिनाराई विजयनले प्रतिक्रिया दिएका छन् ।

कोचिन शिपयार्ड लिमिटेडले बनाएको यो मेट्रो परियोजनाको आरम्भमा आठ वटा विद्युतीय हाइब्रिड डुंगाहरू सञ्चालन गरिने छन् । कोची वाटर मेट्रोले वरपरका १० वटा टापुलाई जोड्ने छ ।

यस परियोजनामा केरल सरकार र जर्मन कम्पनी केएफडब्ल्यूको लगानी छ । कोची वाटर मेट्रो परियोजनामा ७८ वटा विद्युतीय डुंगा र ३८ वटा टर्मिनल छन् । यो वाटर मेट्रो लिथियम टाइटानाइट स्पाइनल ब्याट्रीबाट चल्ने छ । यो वातावरणमैत्री, विद्युत्त–सञ्चालित तथा अपांगमैत्री भएको बताइएको छ ।

कोची वाटर मेट्रो परियोजनाको कुल लागत ११३७ करोड भारु रहेको बताइएको छ ।