१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


उपनिर्वाचन : उपेन्द्र यादवलाई पछि पार्दै शिवचन्द्र कुशवाहले लिए अग्रता


3.289k
Shares

काठमाडौं । बारा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले अग्रता लिनुभएको छ ।

बारा २ मा सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार कुशवाहले ६०१ मत पाएका छन् । यादवले ५७१ मत पाउनु भएको छ ।

नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१० मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत प्रप्त गर्नुभएको छ । त्यस्तै आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाउनु भएको छ ।

सो क्षेत्रमा आइतबार मतदान भएको थियो । मतगणना भने सोमबारबाट सुरु भएको हो ।

गत वर्ष मंसिर ४ मा भएको आम निर्वाचनमा सो क्षेत्रबाट जसपाका रामसहाय प्रसाद यादव विजयी हुनुभएको थियो । चैत ३ मा यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएको थियो । त्यही कारण उपनिर्वाचन भएको हो ।