१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


उपनिर्वाचन : तनहुँमा वाग्लेकाे मतान्तर झन् फराकिलाे


2.795k
Shares

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेकाे मतान्तर झन् बढेकाे छ ।

पछिल्लो विवरणअनुसार वाग्लेले १७ हजार मत कटाएका छन् । वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत प्राप्त गरेका छन् ।

अहिले भट्टराई र वाग्लेबीचको मतान्तर ७६७४ रहेको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार ८६७ मत प्राप्त गरेका छन् । अहिलेसम्म ३५ हजार ३६ मतकाे गणना सकिएको छ ।