
काठमाडौं । बारा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले फेरि अग्रता लिनु भएकाे छ ।
उहाँले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहलाई पछि पार्दै अग्रता लिनुभएको हाे ।
बारा २ मा सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार यादवले १३९० मत पाउनु भएको छ । त्यस्तै कुशवाहले १३०१ मत पाउनु भएकाे छ ।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा आइतबार मतदान भएको थियो । मतगणना भने सोमबारबाट सुरु भएको हो ।
गत वर्ष मंसिर ४ मा भएको आम निर्वाचनमा सो क्षेत्रबाट जसपाका रामसहाय प्रसाद यादव विजयी हुनुभएको थियो । चैत ३ मा यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएको थियो । त्यही कारण उपनिर्वाचन भएको हो ।
प्रतिक्रिया दिनुहोस्