
काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्येन्द्रनाथ (रातो मच्छिन्द्रनाथ)को रथ तानिएको छ ।
गुरु ज्युको पल्टनले विगुल बजाएर हर्षबढाई गरी रथ तान्न सुरु गरिएको हो ।
सोमबार ललितपुरको पुल्चोकबाट मंगलबजारको गाःबहालसम्म रथ तानिएको छ । पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ ।
रातो मत्स्येन्द्रनाथको जात्रा तीन दिन अघिबाटै सुरु भएपनि आजबाट रथ तानिएको हो । रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ । जात्रा ललितपुरका नेवार समुदायले एक महिना भर मनाउँछन् ।
यस जात्राको सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद् बताउँछन् । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको यस जात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरु भई असार शुक्ल चौथीमा समाप्त हुन्छ ।














प्रतिक्रिया दिनुहोस्