१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँ-१ मा रास्वपाका वाग्लेको अग्रता कायमै


1.651k
Shares

काठमाडौं । तनहुँ -१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार ४६ हजार ६७ मतगणना हुँदा वाग्लेले २३ हजार ९६६ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले १३ हजार ८१२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ७९५ मत प्राप्त गर्नुभएको छ ।

मत गणना जारी छ ।