२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बारा-२ मा कुशवाहलाई पछि पार्दै यादव अगाडि


2.574k
Shares

काठमाडौं । बारा–२ को मतगणनाको पछिल्लो परिणाम अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै रहेको छ ।

जसपाका अध्यक्षसमेत रहेका यादवले २ हजार ७७० प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका शिवचन्द्र कुशवाहले २ हजार १८२, त्यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९२९ मत प्राप्त गर्नुभएको छ ।

अर्का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेलले ३५१ मत प्राप्त गर्नुभएको छ । मत गणना जारी छ ।