२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चितवन-२ मा रवि लामिछाने साढे ६ हजार मतले अगाडि


8.619k
Shares

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता कायमै रहेको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मत गणनाको परिणाम अनुसार रास्वपा उम्मेदवार लामिछानेले ६ हजार ५६८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ८६१ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले २ हजार ६८८ मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म १२ हजार ५८६ मतगणना भइसकेको छ ।