१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


राष्ट्रपति पौडेलको थप स्वास्थ्य परीक्षण


975
Shares

काठमाडाैं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको आज थप स्वास्थ्य परीक्षण गरिएको छ ।

उपचारमा संलग्न सम्बन्धित चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । 

उहाँको स्वास्थ्य उपचार बुधबारदेखि छैटौँ दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ। राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गर्नुभएको थियो ।