१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बारा २ मा यादवको अग्रता कायमै


1.69k
Shares

काठमाडौं । बारा–२ को मतगणनाको पछिल्लो परिणाम अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै रहेको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मत गणनाको परिणाम अनुसार जसपाका अध्यक्षसमेत रहनु भएका यादवले ९ हजार ८ सय ७० मत प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका शिवचन्द्र कुशवाहले ६ हजार ७ सय ७१, त्यस्तै, नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले ३ हजार ७ सय मत प्राप्त गर्नुभएको छ ।

अर्का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले १ हजार १ सय ७४ मत प्राप्त गर्नुभएको छ ।

यो क्षेत्रको मतगणना जारी छ ।