१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एसीसी प्रिमियर कप : आज मलेसिया र कतार तथा कुवेत र सिंगापुर भिड्दै


208
Shares

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा मंगलबार दुई खेल हुँदैछन् ।

मुलपानी मैदानमा मलेसिया र कतारबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबाट बाहिरी सकेको मलेसियाले आफ्नो अन्तिम खेलमा जित निकालेर सुखद अन्त्य गर्न चाहन्छ । यस्तै, प्रतियोगिताबाट बाहिरिसकेको कतार मलेसियालाई हराएर जितको खाता खोल्न चाहन्छ ।

यस्तै, कीर्तिपुरस्थित टियु मैदानमा कुवेत र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । सिंगापुरलाई हराएर कुवेत सेमिफाइनलमा पुग्ने झिनो सम्भावना कायम राख्न चाहान्छ । यस्तै, प्रतियोगिताबाट बाहिरिसकेको सिंगापुर अन्तिम खेलमा सान्त्वना जित हात पार्न चाहन्छ ।

दुवै खेल बिहान ९ बजे सुरु हुनेछ ।