६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सुडानमा ७२ घण्टे युद्ध बिराम लागू


117
Shares

एजेन्सी । सत्ता संघर्ष चुलिरहेको सुडानमा ७२ घण्टे युद्ध बिराम लागू गरिएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार युद्धरत सुडानी सेना र अर्धसैनिक बल ‘प्यापिड सपोर्ट फोर्सेस’ ७२ घण्टे युद्ध बिराम लागू गर्न सहमत भएका हुन् । सेना र सरकारी अर्धसैनिक बल आर.एस.एफबीचको भिडन्तमा हालसम्म ४ सय बढीको मृत्यु भइसकेको छ । साेही घटनामा सयौं मानिसहरू घाइते भएका छन् ।

यसैबीच सुडानबाट पश्चिमा, अरब र एशियाली राष्ट्रहरुले आफ्ना देशका नागरिकहरुको उद्धार गरेका छन् भने कतिपयले देश छाड्ने तयारीमा छन् । संयुक्त राष्ट्रसंघका ३ जना कर्मचारी खार्तुमको संघर्षमा मृत्यु भएका छन् ।

सुडानको अर्धसैनिक बल प्यापिड सपोर्ट फोर्सेस’ (आर.एस.एफ) ले राजधानी खार्तुममा रहेको राष्ट्रपति भवन, सरकारी टेलिभिजन र सेनाको मुख्यालयमा आक्रमण गर्दा स्थिति हिंसात्मक बनेको थियो ।

सुडानमा सेनाको नेतृत्वमा रहेको सरकारले नागरिकलाई सत्तााको बागडोर सुम्पिन ढिलाई गरेको भन्दै आर.एस.एफ हिंसामा उत्रिएको हो ।