
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार पनि बस्दैछ ।
संसद भवनमा सोमबारदेखि सुरू भएको बैठकमा मंगलबार पनि पार्टीका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी छलफल र आफ्ना धारणा राख्नेछन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महत र पार्टी सभापति शेरबहादुर देउवाले आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउने भन्ने विषयमा पार्टीका सांसदहरुसँग राय माग्नुभएको थियो । सोहीअनुसार मंगलबार पनि सांसदहरुले आफ्ना राय दिनेछन् ।
सांसदहरुले जनमुखी बजेट र योजना ल्याउन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्