३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


चितवन–२ मा रवि लामिछानेले कटाए ५० हजार मत

लामिछानेले गरे आफ्नै रेकर्ड ब्रेक

1.755k
Shares

काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाउनु भएको छ ।

पछिल्लो मत परिणामअनुसार लामिछानेले ५० हजार १७८ मत ल्याउनु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ९ हजार ५ सय ९५ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच ४० हजार ५ सय ८३ मत अन्तर रहेको छ ।

त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले ९ हजार ६४ मत प्राप्त गर्नुभएको छ ।

आइतबार सम्पन्न निर्वाचनमा कुल ७८ हजार २ सय ७७ मत खसेको थियो ।

गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत प्राप्त गरी विजयी हुनु भएको थियो । उक्त क्षेत्रमा दोस्रो भएका कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत प्राप्त गर्नुभएको थियो ।