
काठमाडौं । २०७२ सालको महाभूकम्पको केन्द्र बिन्दु रहेको गोरखको बारपाकमा बनाउन सुरू गरिएकाे भूकम्प स्मृति उद्यान अलपत्र परेको छ ।
उद्यानको निर्माण सुरु गरिएको साढे ५ वर्ष बितिसक्दा पनि अझै निर्माण पूरा हुन नसकेको हाे । २०७४ साल मंसिरमा साढे २ वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएकोमा उद्यान निर्माणको काम अहिले पनि अलपत्र अवस्थामा रहेकाे छ ।
२ सय १६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैंचा लगायतका संरचनाहरु निर्माण गर्ने र भूकम्पमा परी मृत्यु भएका १४ वटै जिल्लाका मृतकको छुट्टाछुट्टै स्तम्भ राख्ने योजना पनि थियो । सरकारले उद्यान निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई ५ पटक म्याद थप गरिदिएको छ ।
प्रतिक्रिया दिनुहोस्