
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गर्नुभएको छ ।
उपनिर्वाचनमा चितवन–२ बाट निर्वाचित हुने निश्चित भएपछि मंगलबार बिहान भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण नरहेको बताउनुभयो ।
सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण नदेखेको भन्दै उहाँले सरकारमा जाने सम्भावना भने नरहेको तर्क गर्नुभयो ।
सरकारका कामप्रति आफूहरु सन्तुष्ट नरहेकाले स्थिरताका नाममा गलत ब्यक्ति र प्रवृत्तिलाई नबोक्ने स्पष्ट पार्नुभयो ।
उपनिर्वाचनबाट रास्वपाले एक सिट थपेको छ ।
प्रतिक्रिया दिनुहोस्