
काठमाडौं । तनहुँ-१ मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले मंगलबार विजयी हुनुभएकाे छ ।
मंगलबार बिहान विजयी भएको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले कार्यकारी भूमिका पाए तनहुँसहित राष्ट्रकै जिम्मेवारी बोक्ने बताउनुभएकाे हाे । जनताले गरेका अपेक्षालाई न्याय हुने गरेर काम गर्ने उहाँले बताउनुभएकाे हाे ।
संसदमा राष्ट्रिय मुद्दामा सक्रिय हुने पनि उहाँकाे भनाइ थियाे । उपनिर्वाचनमा जस्तै आफू तनहुँले गर्व गर्न लायक सांसद बन्ने उहाँले बताउनुभयाे । सबैको विश्वास लिएर र सहकार्य गरेर अघि बढ्ने पनि उहाँले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्