
काठमाडौं । सरकारले कर्मचारीलाई तलब खुवाउन २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।
यसअघि पर्याप्त पैसा नभएर अवकाश भएका कर्मचारीको पेन्सन पनि रोकिएको हाे । सरकारले नेपाल राष्ट्र बैंक मार्फत २० अर्ब रूपैयाँ नयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।
सरकारले यस बाहेक पुरानो ८ अर्ब ६० करोड रुपैयाँ ऋण नवीकरण पनि गर्दैछ । सरकारले तत्काल तिर्ने अवस्था नभएकाले नवीकरण गर्न खोजेको छ । सरकारले २८ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ, ९१ दिनेमार्फत ५ अर्ब, १८२ दिनेमार्फत ६ अर्ब र ३६४ दिने मार्फत ४ अर्ब रुपैयाँ उठाउने भएकाे छ ।
सरकारले २८ दिने अवधिको ५ अर्ब र ९१ दिने अवधिको ३ अर्ब ६० करोड रुपैयाँ नवीकरण गर्दैछ । अघिल्लो पटक २८ दिनेको ब्याज ८ दशमलव ३३ प्रतिशत, ९१ दिनेको ९ दशमलव ६३ प्रतिशत, १८२ दिनेको ९ दशमलव ६५ प्रतिशत र ३६४ दिने ९ दशमलव ५५ प्रतिशत ब्याजदर कायम भएको थियो ।
प्रतिक्रिया दिनुहोस्