१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


संसदमा सांसदहरुले उठाएका प्रश्नहरु वेबसाइडमा राख्नुपर्छ : सांसद कार्की


871
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नहरु पनि वेबसाइडमा राख्ने व्यवस्था गर्न माग गर्नुभएको छ ।

संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको उल्लेख गर्दै उहाँले ती प्रश्नहरु र त्यसको अवस्थाबारे आम नागरिकलाई हेर्ने गरी वेबसाईटमा व्यवस्था गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको हो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको पनि दोहोर्‍याउनुभयो । उहाँले ललितपुरमा स्वास्थ्य बीमा, स्वास्थ्यकर्मीहरुको थप दरबन्दी र नख्खु–भैंसेपाटी सडक खण्डको निर्माण कार्य कहिले सम्पन्न हुन्छ ? भनि सरकारलाई प्रश्न पनि गर्नुभयो ।

सांसद कार्कीले सरकारका मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नको जवाफ नदिएकोमा आपत्ति समेत जनाउनुभयो ।