
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौंमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।
उहाँले फेरि वर्षा हुनु हुन लागेकाले सो पानी वर्षा याममा पनि काठमाडौं आउने गरी निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गर्नुभएको हो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले काठमाडौंबासीलाई खानेपानीको संकटमा पार्ने काम सरकारले गर्न नहुने पनि बताउनुभयो ।
नेता सिंहले काठमाडौंबासीले सधैं पानीको अभाव सहनुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागि पर्नुपर्ने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्