१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


किम्माथांका नाका बन्द हुँदा भोटखोलाबासी खाद्य संकटमा


728
Shares

काठमाडौं । चीनसँग सिमाना जोडिएको किम्माथांका नाका बन्द हुँदा त्यसको प्रत्यक्ष असर भोटखोलाबासीमा परेको छ ।

लामो समयदेखि नाका बन्द हुँदा भोटखोलामा खाद्यान्न संकट परेको छ ।

भोटखोला क्षेत्रका खाद्यान्न संकट हुन थालेपछि मंगलबार भोटखोेला वडा नम्बर–२ च्याम्ताङबाट खाद्यान्न वितरण गरीएको छ । उच्च हिमाली क्षेत्रमा रहेका थुदाम, रिदाक र छुमुसुर गाउँका जनतालाई खाद्यन्न राहात वितरण सुरु गरेको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो ।

कोशी प्रदेस सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रलयबाट ९० क्विन्टल चामल, हाइ हिमाल्यन एक्स्पिडिसन प्रा. लि. को मेनेजिङ डाइरेक्टर ज्याम्याङ सालाका भोटेले १ लाख २० हजार, द इस्ट फाउडेसन सङ्स्थाबाट.२० हजार र नेल्होस नेपाल संस्थाबाट ३० हजार रुपैयाँ बराबरको सहयोगबाट खाद्यान्न बितरण गरीएको हो ।

भोटखोलावासीलाई भोकमरीको चपेटामा पर्न नदिन खाद्यान्न वितरण थालिएको अध्यक्ष भोटेले बताउनुभयो । थुदाम गाउँका १३ घरलाई प्रति घरधुरी ६ बोरा, १८० किलो का दरले वितरण गरेको छ भने रिदाक र छुमुसुरका ९१ घरधुरिलाई ३ बोराको दरले वितरण भै रहेको छ ।

उक्त क्षेत्रमा उत्पन्न भएको खाध्य संकटलाई ब्यवस्थापन गर्न लागि परेको अध्यक्ष भोटेको भनाई छ । यति मात्र खाद्यान्नले नपुग्ने भएपछि किमाथांकाको लागि थप राहत सहयोग प्राप्त गर्नको लागि जिल्ला बिपत ब्यबस्थापन समिति र अन्य सहोयोगिहरुसंग आग्रह गरीएको उहाँको भनाई छ ।

उहाँले विपत व्यवस्थापन समितिको सिफारिस सहित ५सय क्विन्टल चामल कोशी प्रदेश सरकारलाई भोटखोला गाउँपालिकाले माग गरी रहेको पनि बताउनुभयो । लामो समयदेखि नाका बन्द हुँदा त्यसको असर खाँदबारी सदरमुकामबाट एक हप्ताको पैदल दुरीमा रहेको दुर्गम किमाथाकाबासीलाई परेको छ । यस भन्दा अगाडि पनि भोटखोलामा वाड नम्बर–१ का अध्यक्ष नुर्पु च्याबाको अगुवाइमा खाद्यान्न वितरण गरीएको थियो ।