
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचार गर्नेहरुलाई आजीवन जेल सजाय हुने प्रावधान राख्नुपर्ने माग गर्नुभएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै यस्तो बताउनुभएको हो ।
उहाँले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ मा भ्रष्टाचार गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने र शिर निहुरिएर हिँड्नुपर्ने ठाउँमा पुर्याउने किसिमबाट कानूनहरु निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भ्रष्टाचारीहरुलाई आवश्यक परे सर्वश्वहरणसमेत गर्नेगरी विधेयक ल्याइनुपर्ने बताउनुभयो ।
प्रमुख सचेतक गिरीले देश एक प्रकारले भ्रष्टाचारले कंगाल भएको र जनतामा निराशा बढेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्