
web pic
काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा बुधबार दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित टियु मैदानमा साउदी अरेबिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ । यी दुवै टिम सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । समूह ‘ए’ बाट नेपाल सेमिफाइनल प्रवेश गरिसकेको छ भने साउदी अरेविया र ओमान मध्ये एक टोली सेमिफाइनल प्रवेश गर्नेछ ।
यस्तै, मुलपानी मैदानमा बहराइन र युएईबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल पुग्न दुवै टिमलाई जित आवश्यक रहेको छ । यो खेलमा युएई विजयी भए सेमिफाइनल पुग्ने छ भने बहराइन विजयी भए सेमिफाइनल पुग्ने टिमका लागि कुवेत र हङकङबीचको खेल कुर्नु पर्ने हुनेछ ।
दुवै खेल बिहान ९ बजे सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्