२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै


910
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बुधबार तीन खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

थ्री स्टार सातौं र मछिन्द्र पाँचौं जितको खोजीमा हुनेछ । थ्री स्टार २१ अंक जोडेर दोस्रो स्थानमा रहँदा मछिन्द्र १६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

रंगशालामै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबबीच साँझ ६ बजे प्रतिस्पर्धा हुनेछ ।

हिमालयन तेस्रो र जावलाखेल आठौं जितको योजनामा हुनेछ । हिमालयन १० अंक जोडेर १३ औं स्थानमा रहँदा जावलाखेल भने २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यस्तै च्यासल मैदानमा सातदोबाटो युथ क्लब र संकटा क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटो छैटौं र संकटा पाँचौं जितको खोजीमा हुनेछ । सातदोबाटो १८ अंक जोडेर पाँचौं स्थानमा रहँदा संकटा १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।