
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताउनु भएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले यो सन्देश अनुरुप आफूलाई बदलेर नयाँ ढंगले जुट्नु पर्ने बताउनुभयो ।
महामन्त्री शर्माले ट्वीटरमा लेख्नुहुन्छ, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ ।’
मतदाताको प्रत्येक मतलाई सम्मान गर्ने बताउनु हुँदै उहाँले नवीन अभियानमा नयाँ ढंगले जुट्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्