३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?


2.808k
Shares

काठमाडौं । साताको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय रूपैयाँले बढेर एक लाख ९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने बुधबार ५ रूपैयाँले घटेर १ हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।