२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


‘कोशी’ प्रदेश नामाकरणको पूर्वका उद्योगी व्यवसायीबाट स्वागत


468
Shares

बिराटनगर । पूर्वका उद्योगी व्यवसायी संघ संगठनहरूले ‘कोशी’ प्रदेश नामकरणको स्वागत गरेका छन् ।

कोशी प्रदेश नामाकरणविरुद्ध पहिचानको नाममा आन्दोलन भईरहेको बेला मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशको कोशी नामाकरणको स्वागत गरेका हुन् ।

संघका अध्यक्ष नवीन रिजाल, परिसंघ प्रदेश अध्यक्ष भीम घिमिरे र संगठनका अध्यक्ष सुयश प्याकुरेलले प्रदेश नामकरणको विरोधमा आन्दोलन हुँदा उद्योग, व्यवसाय र पेशा सञ्चालनमा नकारात्मक प्रभाव परेकोप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले प्रदेश सभाको ९१ प्रतिशत बहुमतले गरेको नामकरणको विरोध गर्नुको औचित्य नभएको पनि बताएका छन् । असन्तुष्टिलाई शान्तिपूर्ण तरिकाले राख्न पनि उनीहरूले सुझाव दिएका छन् ।

गत फागुन १७ गतेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम ‘कोशी’ प्रदेश राख्ने निर्णयलाई ९१ प्रतिशतसहित अनुमोदन गरेको थियो ।