१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सौगात र अर्पणलाई लिएर चलचित्र ‘चोर पुलिस : टम एण्ड जेरी’ बन्ने घोषणा


195
Shares

काठमाडौं । अभिनेता सौगात मल्ल र अर्पण थापालाई लिएर चलचित्र ‘चोर पुलिस : टम एण्ड जेरी’ बन्ने घोषणा भएको छ ।

चलचित्र निर्माणको औपचारिक घोषणा गर्दै निर्माण टिमले चलचित्रको पहिलो टिजर पोस्टर सार्वजनिक गरेको हो । म्याक मिडिया एन्ड सर्भिसेस प्रालिको ब्यानरमा मुकुन्द भट्टको निर्देशनमा चलचित्रको घोषणा गरिएको हो ।

चलचित्रमा सौगात मल्ल, अर्पण थापा, शक्ति श्रेष्ठ, पुष्प खड्का, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सुपर गुरुङ, प्रमिला उप्रेति, इन्द्रप्रसाद खरेल लगायतको अभिनय रहने छ । चलचित्रका लागी नायिकाको छनोट हुन बाँकी रहेको छ ।

सुदिप चन्द्र बख्रेलको निर्माणमा तयार हुने चलचित्रका लेखक मुकुन्द भट्ट, नरेश नाथ योगी र सुमन सुनार रहेका छन् । समिर खरेल र सुमन ढकाल कार्यकारी निर्माता रहेको यस चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहने छ ।

ग्याङस्टर जनरामा निर्माण हुने यो चलचित्रलाई नेपालसहित अमेरिका, क्यानडा र अष्ट्रेलियामा छायांकन गर्ने जनाइएको छ ।