१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चलचित्र ऐन निर्माणका लागि सरकारसँग आवश्यक पहल जारी छ : अध्यक्ष केसी


52
Shares

काठमाडौं। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ऐन निर्माणका लागि सरकारसँग आवश्यक पहल भइरहेको बताएका छन् ।

बुधबार चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा कार्यक्रममा बोल्दै केसीले यस्तो बताएका हुन् ।

उनले चलचित्र ऐन निर्माणका लागि सम्बन्धित मन्त्रालयमा ड्राफ्ट बुझाइसकेको र मन्त्रालयले पनि ऐन निर्माणको लागि छिटो काम थाल्ने प्रतिवद्धता जनाएको बताए साथै उनले चलचित्र निर्माणका लागि विकास बोर्डले आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताए ।

अध्यक्ष केसीले सरकार, सम्बन्धित निकाय र कलकार तथा सञ्चारमाध्यम सबै मिलेर चलचित्र विकासमा सहयोग गर्नुपर्ने बताएका छन् ।